श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु
प्रकाशित मिति : 15 June, 2023 11:52 am
काठमाडौं । श्रीमानको कुटपिटबाट गम्भीर घाइते बनेकी वडा सदस्यको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका(११ की दलित महिला सदस्य ज्ञानी बिकको श्रीमानको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो । ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उनी नेकपा एमालेबाट दोस्रो पटक सो वडाको दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।






