३ पुस २०८२, बिहिबार

पहिरोले हेटौँडा–काठमाडौं जोड्ने दुईवटा राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  15 June, 2023 12:22 pm


काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने दुईवटा राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन्। बुधबार रातिको वर्षापछि गएको पहिरोले कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा सवारी साधनहरु बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।



प्रतिक्रिया दिनुहोस !