३ पुस २०८२, बिहिबार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

प्रकाशित मिति :  16 June, 2023 3:11 pm


काठमाडौँ । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको निगमले जनाएको छ ।

हाल बजारमा पेट्रोल प्रतिलिटर एक सय ७५ रुपैयाँ, तथा डिजेल र मट्टितेलको एक सय ५५ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !