२ पुस २०८२, बुधबार

सोमबार सुनको मूल्य स्थिर

प्रकाशित मिति :  19 June, 2023 11:44 am


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार बजारमा सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सु्न १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो प्रतितोला २० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस !