२ पुस २०८२, बुधबार

पहिरोमा फसेका पाँचथरका १२ जनालाई हेलिकप्टर मार्फत उद्धार

प्रकाशित मिति :  19 June, 2023 1:02 pm


काठमाडौं । अविरल वर्षाको कारण बाढी पहिरोमा फसेका १२ जनालाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

आइतबारदेखि पहिरोमा फसेका पाँचथर याङवारक गाउँपालिकाका १२ जनालाई नेपाली सेनाले हेलिकप्टर मार्फत आज बिहान सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उक्त पहिरोमा ३ परिवारका १२ जना व्यक्ति फसेको नेपाली सेनाले जनाएको छ ।

प्रहरीका अनुसार पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको छ ।

पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, १६ वर्षीय सन्दिप गुरूङ, हिमा गुरूङ, ८० वर्षीय कृष्णबहादुर गुरूङ, ६० वर्षीया डिकमाया गुरूङ, ३५ वर्षीय काजुहाङ गुरूङ, ३० वर्षीय सुनिता गुरूङ, ४३ वर्षीय मनबहादुर गुरूङ, ४४ वर्षीया मन कुमारी गुरूङ, १६ वर्षकी सुस्मा गुरूङ, ७० वर्षीय पदम बहादुर खालिङ, ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !