२ पुस २०८२, बुधबार

काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल चीन प्रस्थान

प्रकाशित मिति :  19 June, 2023 1:45 pm


काठमाडाैं । १३औं काशी कमोडिटी फेयरमा सहभागी हुन मन्त्री रिजाल चीन प्रस्थान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

मन्त्री रिजाल चीनको निमन्त्रणामा १३औं काशी कमोडिटी फेयरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

चीनको  सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म फेयर आयोजना हुदैछ । फेयरको मूख्य उद्देश्य  सिल्क रोड ईकोनोमिक बेल्टमा रहेका मुलुकहरुसंगको सम्पर्क संजाल अभिवृद्धि गर्ने रहेको छ ।

 त्यसैगरी बाह्रय विश्वसंग खुला हुने मंचहरुलाई मजबुत पार्ने तथा बाह्रय विश्वसंगको खुलापनलाई बढाउने रहेको छ ।

मन्त्री रिजालसंगै भ्रमण टोलिमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी तथा मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पति कृष्ण श्रेष्ठको सहभागीता रहेको छ ।    

पाँच दिने फेयर सकेर मन्त्री रिजाल स्वदेश फर्कनु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !