नयाँ स्टक ब्रोकर लाइसेन्स प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन
प्रकाशित मिति : 20 June, 2023 11:50 am
काठमाडौं । संसदको अर्थ समितिले नयाँ स्कट ब्रोकर लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
आज( मंगलबार) बिहान समितिले र धितोपत्र बोर्डका पदाधिकारीसँग छलफलपछि लाइसेन्स प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बताए ।
उनले भने आज बिहान अर्थसमितिले धितोपत्र बोर्डसँग छलफल गरेपछि ब्रोकर लाइसेन्सको प्रक्रिया अगाडी बढाउने भन्ने निर्णय गरेको छ तर आधिकारीकरुपमा बोर्डमा कुरा आएको छैन, आउँदै होला ।
समितिको २९ जेठमा बसेको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्कट एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो ।








