२ पुस २०८२, बुधबार

पहिरोले पुरिएर तनहुँमा २ जनाको मृत्यु

प्रकाशित मिति :  20 June, 2023 2:31 pm


काठमाडौं । तनहुँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा माटोको ढिस्को खसेर पुरिएका २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँदे जनाएको छ ।

मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा सोमबार साँझ माथिबाट माटोको ढिस्को खसेर उनीहरू गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार घाइते भएका उनिहरुलाई तनहुँको दमौली अस्पताल र पोखराको गण्डकी अस्पतालमा उपचारका लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस !