२ पुस २०८२, बुधबार

दोस्रो बजारमा ईङ्वा हाइड्रोपावरको कारोबार खुल्यो,

प्रकाशित मिति :  20 June, 2023 2:51 pm


काठमाडौं । धितोपत्र दोस्रो बजारमा ईङ्वा हाइड्रोपावर लिमिटेडको आइपीओको सेयर कारोबार आजदेखि खुला भएको छ । कम्पनीको सेयर प्रि–ओपन सेसनमा प्रतिकित्ता २९१.८० रुपैयाँमा पहिलो कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि(ओपसन सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै नियमित कारोबारका लागि खुलेको हो।

नेप्सेले ईङ्वा हाइड्रोपावरलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९७.२९ रुपैयाँ र अधिकतममा २९१.८७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता २९१।८० रुपैयाँमा किनबेच भएको छ।

दोस्रो जारमा कम्पनीको सेयर कारोबारको लागि नेप्सेले ‘आईएचएल’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा सोमबार ईङ्वा हाइड्रोपावरको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको थियो। जसमध्ये संस्थापक समूहको ४२ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को १८ लाख कित्ता सेयर रहेको छ ।



प्रतिक्रिया दिनुहोस !