२ पुस २०८२, बुधबार

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब २८ करोड रुपैयाँ

प्रकाशित मिति :  25 June, 2023 2:06 pm


काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाको १२ औं अधिवेशनमा उप्रमुख शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८०/०८१को लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट पेश गरेकी छन्।

महानगरले आगामी वर्षका लागि खर्च व्यहोर्ने स्रोतमध्ये अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। महानगरपालिकाले वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरेको छ।



प्रतिक्रिया दिनुहोस !