२६ बैशाख २०८१, बुधबार

आज असार १५ः देशभर धान दिवस तथा राेपाइँ महाेत्सव मनाइँदै

प्रकाशित मिति :  30 June, 2023 7:33 am


काठमाडाैँ । आज असार १५ गते । देशभर राष्ट्रिय धान दिवस तथा राेपाइँ महाेत्सव मनाइँदैछ  । मानाे राेपेर मुरी फलाउने नेपाली परम्परा अनुसार वर्षाैंँदेखि धान राेपाइँलाइ पर्वकाे रूपमा मनाइँदै आइएकाे छ । 

सरकारले धानकाे महत्व दर्साउँदै दुइ दशकयता राष्ट्रिय महत्व दिँदै याे दिवस मनाउन थालेकाे हाे । याे मनाइँदै गरेकाे वर्ष २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मूल नारा  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतकाे बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रकाे आयाेजना तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतकाे राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रकाे सहकार्यमा मूल कार्यक्रम ललितपुरकाे खुमलटारस्थित नार्क परिसरमा मनाइँदै छ । 

मूल कार्यक्रम कृषि मन्त्री बेदूराम भूसालकाे प्रमुख आतिथ्यतामा हुने कृषि विभागका महानिर्देशक तथा ० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मूल आयाेजक समितिका अध्यक्ष हरि बहादुर केसीले बताए । 

असार १५ मा दही च्युरा खाएर, राेपाइँ गर्ने परम्परा रहँदै आएकाे छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे उपस्थितिमा चितवनमा धान राेपाइँ लगायतका कार्यक्रम हुँदैछ । आज देशभर विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाकाे आयाेजनामा दही च्युरा खाने र धान राेपाइँ गर्ने कार्यक्रम रहेकाे छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा देशभर ५४  लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएकाे  छ भने धानकाे उत्पादकत्व प्रति हेक्टर ३.८ मेटन रहेकाे छ। 



प्रतिक्रिया दिनुहोस !