१५ बैशाख २०८१, शनिबार

राेल्पामा संठगन विस्तारमा तिब्रता दिँदै रास्वपा, पालिका संयाेजक छानियाे

प्रकाशित मिति :  1 July, 2023 6:38 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाले संगठन विस्तारमा तिब्रता दिएकाे छ । शनिवार सदरमुकाम लिबाङमा बसेकाे बैठकले जिल्लाका विभिन्न गाउँपालिकाहरुमा संयोजक चयन गरेको छ ।

बैठकले सुनिल स्मृति गाउँपालिकामा विक्रम घर्तीमगर, रुन्टीगढी गाउँपालिकामा टेकनाथ गिरी, लुंग्री गाउँपालिकामा भक्त घर्तीमगर र थबाङ गाउँपालिकामा अमृत डाँगीलाई पालिका संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाका अन्य पालिकाहरुमा पनि छिटै संयोजक चयन गर्ने कार्य तालिका रहेको रास्वपा रोल्पाले जनाएको छ ।

रास्वपा केन्द्रिय समितिको निर्धारित कार्यतालिका अनुसार पालिका तथा वडाहरुमा पालिका तथा वडा स्तरिय भेला आयोजना गर्न संयोजकको जिम्मेवारी प्रदान गरिएको हाे । जिल्ला संयोजक जमुना विकको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरुको सहभागिता रहेको थियो ।

यसैगरी पार्टीका रोल्पाका निर्वाचन क्षेत्र समितिका सदस्यहरुले एक कार्यक्रमकाबिच शपथ लिएका छन्। निर्वाचन क्षेत्र समितिको सदस्यको रुपमा रमेश थापा, बालाराम डाँगी र भुपेन्द्र सिंह वलीले शपथ लिएका हुन्। जिल्ला संयोजक जमुना विकले निर्वाचन क्षेत्र समितिका सदस्यहरुलाई सपथ ग्रहण गराइन्।

निर्वाचन क्षेत्र समितिको लिबाङमा सम्पन्न पहिलो बैठकले निर्वाचन क्षेत्र समितिमा रिक्त दुई सदस्य आगामी बैठकबाट पदपूर्ति गर्ने निर्णय गरेको हाे । बैठकले रास्वपामा आवद्ध हुन चाहानेहरुलाई सदस्यता लिन आग्रह समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !