२० मंसिर २०७९, मंगलबार

कोरोनापछि विश्व अर्थतन्त्रको भविष्य

प्रकाशित मिति :  21 April, 2020 1:28 pm


कोरोनाभाइरसको महामारी फैलिदै गएपछि विश्वका सबै देशलेसमानरूपले चिन्ता व्यक्त गरेको देखिएपनि एक आपासमा जोडिएको भूमण्डलीकरणको प्रणालीगत समस्याबारे बोलिएको पाइदैन ।

विश्वको अर्थतन्त्रले सन् २००८ मा संकटको सामना ग¥यो । त्यतिखेर अर्थतन्त्रलाई जोगाउन विश्वका सरकारहरूले शक्तिशाली २० देशका समूह‘जी ट्वेन्टी’लाई प्रोत्साहन गर्ने नीति लिए ।

ती देशका अर्थतन्त्र मन्त्रीहरूले विश्वका बारेमा निर्णय गर्न सक्ने गरी नयाँ समूह गठन गरे । तर, कोरोनाभाइरस कोभिड–१९को महामारीले अन्तर्राष्ट्रिय प्रणालीको रोगप्रतिरोधी क्षमतालाई नराम्ररी प्रभावित गर्न पुगेको छ ।

एक दशक अघि ‘द लङ क्राइसिस अफ ग्लोबलाइजेसन’ शीर्षकमा ब्रुकिङ्ग्सले सार्वजनिक गरेको प्रतिवेदनमा डेभिड स्टिभन, एलेक्स इभान्स र ब्रुस जोन्स जस्ता अध्ययनकर्ताहरूले विश्व प्रणालीको संकटबारे चिन्ता जाहेर गरे । त्यसयता पनि विभिन्न पक्षबाट चिन्ता व्यक्त भइरहेको छ ।

विगतका दशकहरूमा सामूहिक कार्यको क्षमतामा ह्रास आएको देखियो । ट्रम्प प्रशासनले विश्व प्रणाली विरूद्ध शत्रुतापूर्ण सक्रिय व्यवहार अपनाए ।

युरोपेली युनियन युरोजोनको संकटले त्यसभित्रै फर्केका देखियो । बेलायत विगत चार वर्षदेखि युरोपेली युनियनबाट हट्ने प्रस्तावको अन्तिम टुंगो लगाउने विषयमा घोत्लिरहेको देखियो ।

सन् २००८को वित्तीय संकटले नयाँ उदीयमान समूह ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिासमेतको समूह ब्रिक्स निर्माण गरायो । यो समूहका अधिकांश देश विश्व प्रणालीका नयाँ नेताहरूको रूपमा अगाडि आइरहेका छन् ।

सन् २००८को संकट समाधान गर्ने समूहको अगुवा देखिएका बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले कोभिड–१९सँग जुध्न विश्वका सरकार मिलेर जानुपर्ने आह्वान गरेका छन् ।

तर जी ट्वेन्टी र जी सेभनको अगुवाइ गरिरहेको साउदी अरब र अमेरिकाले विश्वलाई आवश्य हुने ‘कार्य योजना’ कुनै पनि समूहले अगाडि बढाएको देखिएको छैन् ।

विश्वको प्रणालीमा आएको संकट समाधान भित्र साधारण मानिस र तिनका कार्यव्यवहारलाई समावेश गरी सोच्नुपर्ने आवश्यकता रहेको र यो समयमा अब के गर्ने ? सवाल खडा भएर आएको छ ।

१९९० को दशकमा परिवर्तनहरूको अध्ययनलाई द लङ नाउ फाउन्डेशनका संस्थापकहरू मध्येका केहीले परिवर्तनलाई तहगत अध्ययन गरेका छन् ।

कुनै भवनमा खाना र फर्निचर जस्ता अल्कालिक वस्तु जसलाई नियमितरूपमा विस्थापित वा यताउता सार्न सक्ने वस्तु हुन्छन् ।
तर, यसका पनि प्रणालीहरू हुन्छन् ।

कुनै संरचनात्मक आधार शताब्दी वा त्यो भन्दा पनि लामो समयसम्म हुन्छ ।

तर, यसरी सार्न सकिने प्रणाली हरेक दशकमा व्यवस्थित गर्नुपर्ने हुन्छ । सन् २००८ को वित्तीय संकटको पहिलो तहमा तत्कालको संकट दुई वर्षमा समाप्त भयो । शुरूवाती तरलता समाप्त भयो ।

सन् २००७को एक ‘वसन्त शिखर सम्मेलन’मा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख डोमिनिक स्ट्रास कानले विश्वका नेताहरूलाई
‘सबैभन्दा निकृष्ट’ समाप्त भएको भनेको ६ महिना भित्रै लेहम्यान ब्रदर्स ध्वस्त भयो ।

त्यसपछि विश्वका राजनीतिक नेतृत्व सक्रिय भइलागेपछि अन्ततः विश्वको अर्थतन्त्रलाई जोगाए ।

दोस्रो परिवर्तनको तह युरोजोनको ऋण संकट बढेर आयो ।

यो संकट सन् २०१२ को मध्यसम्म मात्र नियन्त्रणमा आउन सक्यो । युरोपेली केन्द्रीय बैंकका प्रमुख मारियो ड्रागीले युरो जोगाउन बैंकले जे गर्न सक्छन् गर्नुपर्छ भनेसम्म त्यो वित्तीय संकट नियन्त्रणमा आएको थिएन् ।

यो समयमा साधारण मानिसलाई धेरै दुख बेहोर्नु प¥यो । ग्रीसमा सार्वजनिक स्वास्थ्य विस्तारै ध्वस्त हुन गएको थियो । अहिले कोभिड–१९ आइपुगेको छ ।

सन् २००८को तेस्रो तहको परिवर्तनले सरकारहरूमाथिको विश्वास ध्वस्त भयो । विश्वका नेताहरू ध्रुवीकृत भए र विश्वको सामूहिक कार्ययोजनाको विषयलाई अवमूल्यन गरियो । १ प्रतिशतले अर्थतन्त्रलाई ध्वस्त पारेको थियो भने ९९ प्रतिशतले यसलाई जोगाउन भुक्तानी गरेका थिए ।

कोभिड –१९ले गरिदिएको तहगत परिवर्तनले सार्वजनिक स्वास्थ्यमा संकट थपि दिएको छ ।

यो दुई वर्षमा समाधान हुने देखिन्छ । भ्याक्सिन नभएसम्म यो भाइरसले प्राणघाती भइरहने छ । अझ रोग पहिचान गर्नुपर्ने धेरै रहेको छ ।
दोस्रो यो महामारीले वित्तीय बजारलाई दु्रतगतिमा ध्वस्त गरिरहेको छ ।

यसबारे विश्वका नेताहरूले वित्तीय संकट हुन नदिने प्रतिबद्धता व्यक्त गरिहेका छन् ।

चीनलाई पनि समस्या पर्ने देखिन्छ । उसको निर्यात बजार पनि हराएर गएको छ । कोरोनाभाइरसका अतिरिक्त शरणार्थी प्रसार,द्वन्द्वको समस्या, जलवायु परिवर्तनको समस्या विश्व सामु छँदै थियो ।

यस्तोमा गम्भीर मानवअधिकार दुरूपयोग हुन आंशका बढाएको छ ।

तेस्रो विषय सरकारहरूलाई प्रतिरक्षाको समस्या अगाडि आउनेछ । समाजहरू धु्रवीकत भएर जान सक्ने छ ।

कर्पोरेटर र घरपरिवार ऋण धेरै देशमा बढेर जान्छ । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरूद्ध र आफ्ना पूर्ववर्ती विरूद्ध आगो ओक्लिरहेका छन् ।

चीन विरूद्ध यो भाइरस चिनियाँ भाइरस भएको भनेका छन् भने पूर्व राष्ट्रपति बराक ओबामा अक्षम भएको टिप्पणी गरिरहेका छन् । यस्ता व्यवहारले विभाजन ल्याउनेछ ।

कोरोनाभाइरसको यो समयमा सामूहिक कार्य योजनाको आवश्यकता छ । सार्वजनिक स्वास्थ्यको संकटलाई सम्बोधन गर्नुपर्ने आवश्यकता   छ ।
सामूहिक कार्ययोजना विकासका बाधा हटाउन, उत्पादन क्षेत्रको बाधा हटाउन र खोपको समान वितरणको समस्या हटाउन तर्फ केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको छ ।

अन्तर्राष्ट्रिय आपूर्ति शृंखला युद्धकालीन अवस्था जस्तो हुनुपर्ने छ । यसले मास्कदेखि भेन्टिलेटर र द्रुतगतिमा बढिरहेको बिरामीको संख्याका लागि चाहिने आवश्यक वस्तुहरूको आश्यकता पूरा गर्नुपर्छ ।

कोरोनाभाइरसले अमेरिका र बेलायतजस्ता देशमा मानिसहरूले संकटकालीन खरिद गरेका छन् । यस्तो अवस्थालाई ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । यसका लागि सामूहिक दायित्व पूरा गर्नुपर्ने आवश्यकता रहेको छ ।

आर्थिक कम्पन र पराकम्पनहरू देखिनेछ । विश्वका सरकारहरूले वित्तीय प्रोत्साहनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
विश्वमा मागलाई धक्का लाग्छ ।

तरलता र आपूर्तिको संकट मध्यमवर्गको कामबाट समाधान गर्न सकिन्छ ।

तर विश्व अर्थतन्त्रका धेरै क्षेत्रहरूलाई मागको आवश्यकता हुनेछ । यस्तोमा राष्ट्रियकरणको एक तरङ्गको शुरूवात हुन्छ ।

अभूतपूर्व मागका कारण विश्वको मानवीय प्रणाली घुँडा टेकेको अवस्थामा तत्काल स्रोतसाधन प्रवाहित गर्नुपर्ने आवश्यकता हुन्छ । विकास संगठन र प्रतिष्ठानहरू भविष्यका लागि सजग हुनुपर्छ ।

समग्रमा भन्नु पर्दा यो समय ऐतिहासिकरूपले असमानता हटाउने युद्धको अगुवाइ गर्नुपर्ने हुन्छ । धनीहरूले कर उच्च हिस्सा बेहोर्नुपर्ने हुन्छ र सरकारले लगानीकर्ताहरूले लिने केकलाई ताछ्न हस्तक्षेप गर्नुपर्ने हुन्छ ।

हालै अमेरिकाका ट्रेजरी मन्त्री स्टिभन नुचिनले २० प्रतिशत अमेरिकीको रोजगार गुम्न सक्ने बताए । यसका लागि नगद स्थानान्तरण अल्पकालिन शर्तमा आवश्यक भएको बताउँदै उनले ऋण मिनहाका बारेमा सोच्नुपर्ने बताएका छन् ।

यस्तोमा करको भार श्रमबाट सारेर धनमा नगरे पुँजीवाद समस्यामा पर्ने देखिएको कतिपय अध्ययनकर्ताहरूको भनाइ रहेको छ ।
कोरोनाभाइरससँगको लडाइमा चिनियाँ शैलीले प्रारम्भिक जित हात पारेको छ ।

चरम चीन विरोधी तत्वहरू बाहेक विश्वभर चिनियाँ राष्ट्रपति सी जिनपिनको नेतृत्वमा कोरोनाभाइरस विरूद्धको अभियानलाई प्रशंसा गरिएको छ ।

कोरोनाभाइरसको यो लडाइमा सबैले जिम्मेवारी बोध गर्नुपर्ने रणनीतिक योजनाहरूमा योगदा दिनुपर्ने गरी काम गर्नुपर्ने आवश्यकता छ । महामारीले रोजगार ध्वस्त हुने जोखिमबाट रोजगार बचाउने गरी नयाँ प्रस्तावहरूमा ध्यान दिनुपर्ने हुन्छ ।

सन् २००८ र २००९मा वित्तीय संकटका लागि विश्वका सरकारहरूले पटक पटक गरेका आकस्मिक शिखर सम्मेलनबाट गरिएको सम्बोधन जस्तै यो पटक पनि गर्नुपर्छ ।

अहिलेको १८ महिनामा भ्याक्सिन उपलब्ध हुने आश गरिएको छ । आम परीक्षणले लकडाउनको अवस्थालाई फेर्न सक्छ । सन् १९७३ को तेल धक्काको संकट बेहोर्न ‘जी सेभन’को भूमिका अगाडि आयो भने सन् २००८को वित्तीय संकट पछि जी ट्वेन्टीको भूमिका अगाडि आएको थियो ।

कोरोनाभाइरस विरूद्धको लडाइमा चिनियाँ जितले सार्वजनिक स्वास्थ्य, आर्थिक , राजनीतिक , समाजिक , मनोवैज्ञानिक र सांस्कृतिक आयामहरूले नयाँ विश्वास थपेको छ ।



प्रतिक्रिया दिनुहोस !