२० बैशाख २०८१, बिहिबार

नेप्से १२ अंकले घट्दा शिवम् सिमेन्टको सर्वाधिक कारोबार

प्रकाशित मिति :  13 July, 2023 3:26 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयरमापक परिसूचक नेप्से परिसूचक १२.६२ अंकले बढेर २०८४.९३ अंकमा पुुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ०.९० अंकले घटेर ३९१.२५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुह मध्ये ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको २३ करोड ७५ लाख ९३ हजार ३ सय ४८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आजको दिन डिबेन्चर, म्यूचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

१० प्रतिशत एनएमबी डिबेन्चर २०८५, १०.५ प्रतिशत एसबीएल २०८३, तथा एनआईबीएल समृद्धि फण्ड–२ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

त्यस्तै आजको दिन पिपुल्स हाइडोपावरका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०५ प्रतिशतले घटेको छ ।

कुल २९६ कम्पनीको ९ करोड ३८ लाख २ हजार ४ सय ४० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३९ करोड ६लाख ६० हजार ६ सय ५ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !