१८ बैशाख २०८१, मंगलबार

राैतहटकाे कर्कच कर्मैयामा धारिलो हतियार प्रयाेग गरी एककाे हत्या

प्रकाशित मिति :  14 July, 2023 7:48 am


आरके श्रीवास्तव-
राैतहट । राैतहटमा धारिलो हतियार प्रयाेग गरी एक पुरूषको हत्या भएको छ । जिल्लाको देवाहीगाेनाही नगरपालिका-६ कर्कच कर्मैया बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियार प्रयाेग भई हत्या भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साहले दिएको जानकारी अनुसार साह शुक्रबार बिहान घरमै हत्या गरिएको अवस्थामा भेटिएको हाे ।

साहको हत्या कसले र किन गर्याे ? यसबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

घटना स्थलमा प्रहरी टाेली पुगि घटनाबारे जाँच बुझ गरिरहेका छन् । देवाही गाेनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहकाे टाेली पनि पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !