२२ बैशाख २०८१, शनिबार

कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने, सबै प्रदेशका पहाडी क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने

प्रकाशित मिति :  18 July, 2023 8:21 am


काठमाडाैँ । मंगलवार पनि देशभर वर्षा हुने भएकाे छ। जल तथा माैसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा पानी पर्नेछ । 

गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना विभागले जनाएकाे छ।

“सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ” विभागकाे आगामी तीन दिनकाे माैसम पूर्वानुमान बुलेटिलनमा भनिएकाे छ, “तसर्थ हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।”

मंगलवार दिउँसाे सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहे पनि राती भने भारी देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विवभागले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !