२० बैशाख २०८१, बिहिबार

बरामद गरिएको ‘ब्रेक सु’ सहित सुनको तौल १५५ केजी

प्रकाशित मिति :  20 July, 2023 4:22 pm


काठमाडौं । राष्ट्रबैंकको टक्सार विभागले त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट अवैधरुपमा भित्रिएको सुनको तौल लिएको छ ।

राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी निस्किएको टक्सार महाशाखाले जनाएको छ ।

राष्ट्रबैंकले ती ब्रेक सु सहित जोख्दा कुल तौल १५५ किलो आएको महाशाखाले जनाएको छ । तर त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने टक्सार महाशाखाका अधिकारीहरुको भनाई छ ।

‘स्रोतका अनुसार कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको छ । प्रत्येक ब्रेक सु बाट सुन निकालेर जोख्नुपर्ने हुनाले केही समय लाग्ने महाशाखाका अधिकारीहरु बताउँछन् ।

भन्सार पास भएर विमानस्थलबाट बाहिरिएपछि मंगलबार काठमाडौं स्थित सिनामंगलबाट विषेश सूचनाको आधारमा राजस्व अनुसन्धान विभागले उक्त परिमाणको सुन बरामद गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !