४ जेष्ठ २०८१, शुक्रबार

जीन फेर्दै, क्षमता बढाउँदै कोरोना; काेभिड १९ काे भाइरस लाेड क्षमता २७० गुणा बढ्न सक्ने

प्रकाशित मिति :  22 April, 2020 4:37 pm


काठमाडौं, १० वैशाख ।

विश्वफर फैलिएको कोरोना कोभिड–१९ भाइरसले आफ्नो जिन परिवर्तन गर्दै थप आक्रामक स्वरुपमा आउन सक्ने चीनका अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।

चीनको झेजियाङ युनिभर्सिटीका प्रोफेसर लि लानजुआन टोली नेतृत्वको अध्ययन टोलीले गरेको अध्ययनले सर्वाधिक आक्रमक गर्न सक्ने प्रकारको भाइरसको क्षमता (भाइरस लोड) अहिलेको कोभोड १९ भन्दा २७० गुना बढि हुन सक्ने देखाएको छ।

भाइरस लाेडकाे मापन शरीरको तेलीय पदार्थको कुनै निश्चित आयतनमा रहेको परिमाण र सामान्यरूपमा रगतको प्लाज्मामा रहने यसको परिमाणबाट मापन गर्ने गरिन्छ। जसले रोग कति छिटो सार्छ र सेललाई कति छिटो ध्वस्त गर्छ भन्ने अवस्था चित्रण हछ।

सो अध्ययन समूहले गरेको अध्ययनका क्रममा ११ बिरामीमा मात्र पनि भाइरसकाे ३३ परिवर्तन फेला परेको जनाइएकोबछ । भाइरले ६० नयाँ रुपमा देखिएको हो। यस्ता भाइरसले होस्ट सेललाई द्रुतगतिमा ध्वस्त पार्छ । जसले गर्दा मानिस थप कमजोर हुन्छ।

अध्ययनले पछिल्लो समयमा इटली, स्पेन र अमेरिकाको न्युयोर्कमा फैलिएको भाइरस हालसम्मको शक्तिशाली भएको र यो भन्दा पनि खतरनाक स्वरुपमा आउन सक्ने भन्दै गम्भीर बन्न अध्ययन समूहले आव्हान गरेका छन्। यो अध्ययन प्रतिवेदन वेबसाइट मेडरिक्सभीडटओआरजीले प्रकाशित गरेको हो।

दुर्भाग्यले युरोपेलीहरूका लागि  चिनियाँहरूले पत्ता लगाएका सर्वाधिक आक्रमक परिवर्तित भाइरस मध्येको एक  युरोप महादेश भरि फैलिएको पाइएको छ। अध्ययनमा आधारित भएर प्रकाशित समाचारमा विश्वमा फैलिएकाे हालकाे भाइरस कमजाेर हाे । तर, वैज्ञानिकहरूले कमजाेर भाइसरलाइ पनि कम आक्न्न मिल्ने भन्दै सचेत बनाएका छन् ।

स्राेत



प्रतिक्रिया दिनुहोस !