१८ माघ २०८२, आइतबार

काठमाडौँ महानगरमा छात्रवृत्ति: चार हजार ३ सय कोटामा छ हजार १७ आवेदक, १५ वटा परीक्षा केन्द्र

प्रकाशित मिति :  3 August, 2023 1:16 pm


काठमाडौँ । काठमाडौँ महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि लिनका १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । ६ हजार १७ जना परिक्षार्थीका लागि उक्त केन्द्र तोकिएकाे हाे ।

भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा. वि. बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मा. वि. कुलेश्वरमा केन्द्र तोकिएको छ । यस्तै पद्मकन्या विद्याश्रम मा. वि., डिल्लीबजार, पद्मोदय मा. वि. रामशाहपथ, पशुपति मित्र मा. वि. चावहिल, रत्नराज्य मा. वि. बानेश्वर, सहिद शुक्र मा. वि. बागबजार, संस्कृति मा. वि. रानीपोखरी, शान्ति शिक्षा मन्दिर मा. वि. ठँहिटी, सिद्धेश्वर मा. वि. शान्तिनगर तोकिएका हुन् ।

छात्रवृत्तिका लागि परीक्षा दिने विद्यार्थीको संख्या ६ हजार १७ जना छन् । यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १५५ जना छन् । त्यसपछि व्यवस्थापनमा १ हजार ४८४ जना र प्राविधिक विषयका लागि २४५ जना रहेको काठमाडौँ महानगरले जानकारी दिएको छ ।

सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जना विद्यार्थीले मात्र फर्म भरेका छन् । शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थी छन् । यी ३ वटै विषयका विद्यार्थीहरुको परीक्षा केन्द्र कुलेश्वर मा. वि., कुलेश्वरमा राखिएको छ ।

साउन २० गते शनिवार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि आजदेखि विद्यार्थीहरुले अनलाइनमा प्रवेश पत्र लिन सक्ने महानगरले जनाएको छ ।

कसरी लिने प्रवेश पत्र
छात्रवृत्ति आवेदन दिएका विद्यार्थीहरुलाई अनलाइनमा प्रवेशपत्र आजदेखि आफै प्रवेश पत्र प्राप्त गर्न सक्ने व्यावस्था मिलाएकाे काठमाडाैँ महानगरले जानकारी दिएकाे छ । जसका लागि entrance.kathmandu.gov.np/ मा गएर चेक याेर स्टाटसमा थिच्ने, कुन तहका लागि आवेदन दिएको हो, कुन विषयका लागि आवेदन दिएको हो (प्राेग्राम), एसइइ मा कति प्राप्त भएकाे जिपिए, जन्म मिति र एसइइ को सिम्बल नम्बर सहित विवरण सही भरेपछि प्रवेश पत्र देखिन्छ । यसलाई डाउनलाेड गरि प्रिन्ट गर्न सकिने महानगरले जानकारी दिएकाे छ । परीक्षा केन्द्र र विद्यार्थीहरुका लागि निर्देशन त्यही प्रवेश पत्रमा प्राप्त हुने छ ।



प्रतिक्रिया दिनुहोस !