१७ बैशाख २०८१, सोमबार

खाद्य तथा दाना आयात-निर्यातकाे अनुमति घरबाटै लिन मिल्ने (सम्पर्क नम्बरसहित)

प्रकाशित मिति :  23 April, 2020 10:43 am


काठमाडाैं, ११ वैशाख ।

लकडाउनकाे अवधिमा खाद्य तथा दाना जन्य पदार्थ आयात-निर्यात गर्नका लागि घरबाटै फाेन वा इमेलबाटै अनुमति लिन सकिने भएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले सार्वजनिक सूचना जारी गर्दै इमेल तथा समस्या परेमा सम्पर्क गर्न फाेन गर्न नम्बरसमेत सार्वजनिक गरेकाे छ ।

बिहीबार जारी सूचनामा विभागमा उपस्थित हुन नसक्ने सेवाग्राहीले फाेन र इमेल गरेर सेवा लिन आव्हान गरिएकाे छ । जस अनुसार ९८५१०९७४५८ मा फाेन गर्न सकिनेछ । सेवाग्राहीले [email protected] वा [email protected] मा अनुमतिकाे लागि अनुराेध गर्नु पर्नेछ ।

विभागले यसअघि याे सेवा हप्तामा तीन दिन मात्र कार्यालयबाट लिन सकिने व्यवस्था गरेकाे थियाे । आइतबार, मंगलबार र बिहीबार विभागस्थित कार्यालयमा गएर लिनुपर्ने व्यवस्थासमेत सेवाग्राहीका लागि असहज भएकाे गुनासाे बढेपछि सहजताका लागि इमेलबाट सेवा लिने व्यवस्था गरेकाे विभागकी महानिर्देशक मतिना बैद्यले बताइन् ।



प्रतिक्रिया दिनुहोस !