६ जेष्ठ २०८१, आइतबार

उपत्यकाका आठ अस्पतालमा मन्त्रालयकाे अनुगमन,  नागरिक वडापत्र लागू गर्नुपर्ने

प्रकाशित मिति :  4 August, 2023 7:58 am


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरुको अनुगमन गरेको छ। स्वास्थ्य मन्त्रालयले बिहीवार काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो । 

मन्त्रालयका अनुसार काठमाडौंको कान्ती बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हो । 

नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको  अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले अस्पतालहरुमा नागरिक वडापत्र लागू हुनुपर्ने बताए। 

डा. बाराकाेटीले अस्पतालले बिरामीहरुको निःशुल्क उपचार दिनुपर्ने बताए। उनले भने, “नेपाल मेडिकल कलेजको राम्रो पक्ष भनेको सरसफाई राम्रो छ । पूर्वाधार ठिक छ । नागरिक बडापत्रका कुरा, निःशुल्क दिने उपचारका कुरामा सुधार गर्नुपर्ने देखिन्छ । शंकरापुर अस्पतालको भवन स्ट्याण्डर्ड छैन । गरिब असहायलाई बेड पर्याप्त नछुट्याइएको पाइयो । ल्यावमा सुधार गर्नुपर्ने देखियो ।” 

अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका फार्मेसीहरुको अनुगमन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !