२० बैशाख २०८१, बिहिबार

स्राेत सुनिश्चित नहुँदा  निर्माण व्यवसाीकाे भरपाइ गर्न सक्ने स्थिति छैन: अर्थमन्त्री

प्रकाशित मिति :  6 August, 2023 7:24 am


काठमाडाैँ। अर्थमन्त्री डा.प्रकाशशरण महतले श्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको बताएका छन्। 

शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं  अडान डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले श्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायमा देखिएका समस्या समाधानका भरपाइ नभएको बताए। 

मन्त्री महतले हरेक क्षेत्रमा समस्या भएझैँ राज्य संयन्त्रमा पनि समस्या रहेको र त्यो समस्या कार्यान्वयनको पक्षमा रहेको चर्चा गरे । घोषणा गर्ने तर त्यसको श्रोत सुनिश्चितताको बारेमा नसोच्ने कारण धेरै समस्या सिर्जना भइरहेको तर्क उनकाे छ । 

अर्थमन्त्री महतले  भविष्यको निर्णय गर्ने तर श्रोतको बारेमा जानकारी नराख्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताए । उनले भने, “अवश्य पनि हाम्रो राज्य संयन्त्रमा समस्या छ । धेरै कुरा हामी घोषणा गर्छौं । त्यो घोषणामा अन्तर्निहीत जुन विषयवस्तु छ, त्यसको गहनता र गम्भीरतालाई हामी धेरै सोच्दैनौँ । त्यसले धेरै समस्या आएको छ ।” 

अर्थमन्त्री महतले विचार नगरी गरिएका निर्णयका कारण समस्या उत्पन्न भएको भन्दै ती समस्या समाधानका लागि केही समय लाग्ने जिकिर गरे । 

“श्रोत सुनिश्चितता बहुवर्ष भनेर भन्यौँ, ठेक्का लाग्यो कााम थाल्यो श्रोत छैन,” उनले भने, “त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरु दायित्वहरु सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेस छैन ।”



प्रतिक्रिया दिनुहोस !