२३ बैशाख २०८१, आइतबार

सभामुखले बाेलाएकाे वैठक बिना निश्कर्ष टुंगियाे, आजै पुनः वैठक वस्दै

प्रकाशित मिति :  7 August, 2023 3:06 pm


काठमाडाैँ । नेकपा एमालले निरन्तर माग राख्दै संसदसमेत अवरूद्ध गरेकाे विषय खुलाउन सभामुखले बाेलाएकाे वैठक  बिना निश्कर्ष टुंगिएकाे छ । 

साेमवार सभामुख देवराज घिमिरेकाे कार्यकक्षमा बसेकाे शीर्ष नेताहरूकाे वैठकमा सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा कुराे मिल्न नसकेकाे  हाे । 

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा दलका उपनेता, प्रमुख सचेत र सचेतकसमेतकाे वैठकले छानबिन समिति बनाउनेमा ठाेस निर्णय गर्न नसकेकाे हाे । 

एमाले सचेतक महेश बर्तोलाले पहिलाे वैठकले टुंगाे नलगाएकाले पुनः आजै अर्काे वैठक वस्ने बताए । एमालेकाे साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गरेको थियाे।



प्रतिक्रिया दिनुहोस !