२२ बैशाख २०८१, शनिबार

साेमवार ३.२१ अंकले  घट्याे नेप्से

प्रकाशित मिति :  7 August, 2023 4:01 pm


काठमाडाैँ । साताकाे दाेस्राे दिन साेमबार नेप्से परिसूचक ३.२१ अंकले घटेकाे छ । नेप्से परिसूचक २०४८.२६ बिन्दुमा बन्द भएकाे हाे ।

साेमवार बैंकिङ, जलविद्युत, लगानी र अन्य समूहको परिसूचक घटेको छ भने बाँकीकाे बढेको छ। वित्त समूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ।

सोमबार आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आइएमईकाे प्रतिकित्ता ६१५ रुपैयाँ ३० पैसामा ४ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो। 

सेयर मूल्य सर्वाधिक घट्नेमा छयाङ्दी हाइड्रोपावर छ । कम्पनीकाे सेयर मूल्य ६.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २३२ रुपैयाँमा खुम्चिएकाे छ। 

विकास बैंक र होटल्स तथा पर्यटन समूहको परिसूचक १.४१ प्रतिशतका दरले बढेको । साेमवार २६७ वटा धितोपत्रको ६६ लाख ४७ हजार १४३ कित्ता सेयर किनबेच भएकाे हाे। 

सोमबार नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर सेयर मूल्य ३०२ रुपैयाँ ९० पैसा पुगेको छ।



प्रतिक्रिया दिनुहोस !