२१ बैशाख २०८१, शुक्रबार

राेल्पामा बुझायाे किसान महासंघले ८ बुँदे ज्ञापनपत्र, सम्बाेधन गर्ने नगरप्रमुखकाे प्रतिवद्धता

प्रकाशित मिति :  15 August, 2023 7:56 am


राेल्पा । राेल्पा जिल्लाकाे एक मात्र नगरपालिका राेल्पा नगरपालिकामा अखिल नेपाल किसान महासंघ रोल्पाले ज्ञापन पत्र बुझाएको छ। 

स्थानीय तहमार्फत् सरकारकाे ध्यानाकर्षण गराउने महासंघकाे कार्यक्रम अनुरूप लम्पी स्किन राेगलाई महामारी घाेषणा गर्नुपर्ने लगायतका ८ बुँदे मागसहितकाे ज्ञापन पत्र नगरप्रमुख सुरेन्द्र थापा घर्तीलाई बुझाइएकाे हाे।

किसान महासंघका जिल्ला अध्यक्ष खगेन्द्र महरा र नगरपालिका अध्यक्ष भिमबहादुर डाँगीद्धारा हस्तक्षरित ८ बुँदे ज्ञापन पत्र नगर बुझ्दै नगर प्रमुख घर्तीले स्थानीय तहबाट सक्ने जति सबै मागहरु सम्बोधन गर्ने बताए।

ज्ञापनपत्रमा पशुमा क्षति भएका पशुपालककाे कर्जा मिनाहा, क्षतिकाे लगत संकलन, राहत तथा क्षतिपूर्ति प्याकेज ल्याउनुपर्ने, राेग नियन्त्रणका लागि प्राविधिककाे व्यवस्था, भ्याक्सिनकाे व्यवस्था, सहुलियत ऋणकाे व्यवस्था र बाढी पहिराे पीडित किसानलाई राहत तथा पुनर्स्थापनाकाे व्यवस्था लगायतका विषय समेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !