२४ बैशाख २०८१, सोमबार

दुवै अध्यादेश फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  24 April, 2020 1:10 pm


काठमाण्डौं, १२ वैशाख ।

सरकारले दल विभाजन र संबैधानिक परिषद सम्बन्धि सोमबार जारी गरेको अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  चौतर्फी दबाव बढेपछि प्रधानमन्त्री ओली पछि हटेका हुन् ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिफारिस गरेका अध्यादेश सोही साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिईन् । तर अध्यादेशपछि समाजवादी पार्टी फुट्ने प्रयासमात्रै भएन यसमा प्रधानमन्त्री नै सकृय भएको आरोप समेत लाग्यो ।

पार्टीभित्र चौतफी दाबाव परेपछि प्रधानमन्त्री ओली पछि हट्न बाध्य भएक हुन् । हिजो साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको भेलाले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली संकटमा परेका थिए ।

सरकारले  राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितका दुई अध्यादेश ल्याएको थियो ।



प्रतिक्रिया दिनुहोस !