१२ श्रावण २०८१, शनिबार

झापामा पनि भेटिए कोरोना संक्रमित,संक्रमितको संख्या ४९ पुग्यो

प्रकाशित मिति :  24 April, 2020 8:27 pm


काठमाण्डौं, १२ वैशाख ।

झापामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका ६२ बर्षीय पुरुषमा कोरोना संक्रणको पुष्टि भएको आज बेलुकी जानकारी गराएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा नमुना परीक्षण गर्दा झापाका ६२ बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएका हुन् ।

सह-प्रवक्ता अधिकारीका अनुसार संक्रमित व्यक्ति आइसोलेशन अस्पतालमा रहेको र स्वास्थ्य अवस्था सामान्य छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । १० जना भने उपचारपछि घर पर्केका छन् ।



प्रतिक्रिया दिनुहोस !