२२ बैशाख २०८१, शनिबार

खाद्य उत्पादन र वितरणमा अपनाउनुहाेस् यि साबधानी , समस्या परे फाेन गर्नुहाेस् (नियम र सम्पर्क नम्बर सहित)

प्रकाशित मिति :  25 April, 2020 9:53 am


काठमाडाैं, १३ वैशाख । 

काेराेना महामारीका समयमा खाद्य पदार्थकाे उत्पादन तथा वितरणमा अपनाउनु पर्ने साबधानी बारे सरकारले मापदण्ड बनाएकाे छ ।

खाद्य पदार्थकाे नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक साताअघि तयार गरेकाे मापदण्डमा खाद्य उद्याेग तथा वितरकले पालना गर्नु पर्ने नियम समिटिएकाे छ ।

खाद्य पदार्थ अत्यावस्यक वस्तुमा पर्ने भएकाले मन्त्रीपरिषदले निर्वाध आपूर्ति गराउने निर्णय गरिसकेकाे छ ।

काेभिड १९ काे महामारीका बीच खाद्य पदार्थकाे उत्पादन तथा वितरण निरस्तर गर्नु पर्ने कानूनी प्रावधान छ । खाद्य उत्पादक तथा वितरकले पालना गर्नुपर्ने नियमबारे विभागकाे वेभसाइटमा राखिएकाे छ ।

covid_guidelines_dftqc

उत्पादक, वितरक वा उपभाेक्तालेसमेत खाद्य आपूर्तिमा समस्या परे सम्पर्क गर्न सातै प्रदेशका सेवाग्राहीका लागि सम्पर्क नम्बर समेत सार्वजनिक गरिएकाे छ ।

यसअघि विभागले खाद्य तथा दानाजन्य पदार्थ आयात निर्यात गर्दा विभागबाट लिनु पर्ने अनुज्ञा लगाएतका सेवा इमेलबाटै लिनका लागि पनि सम्पर्क नम्बरसहितकाे सूचना सार्वजनिक गरिसकेकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !