१८ बैशाख २०८१, मंगलबार

स्याङ्जामा अरिङ्गाले टोक्दा एक जनाको मृत्यु

प्रकाशित मिति :  30 August, 2023 11:08 am


काठमाडौँ । स्याङ्जाको बिरुवा गाउँपालिकामा अरिङ्गाले टोक्दा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर १ किचनास बस्ने २८ वर्षीय चेलिस श्रेष्ठ रहेका छन् ।

भाद्र १२ गते मंगलबार राति अरिङ्गाल पोल्ने क्रममा ६०।७० वटा अरिङ्गालले टोक्दा उनी घाइते भएका थिए । अरिङ्गालको टोकाइबाट घाइते भएका श्रेष्ठलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थिए। उपचारमा क्रममा राती १।३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अरिङ्गाल पोल्नको लागि मृतक श्रेष्ठ सहित ६ जना गएकोमा अन्य ५ जना भने सुरक्षीत रहेका छन्।



प्रतिक्रिया दिनुहोस !