१८ बैशाख २०८१, मंगलबार

शुक्रबार काठमाडौँ महानगरपालिकामा सार्वजनिक बिदा

प्रकाशित मिति :  30 August, 2023 5:52 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । महानगरले आज (बुधबार) एक सूचना जारी गर्दै शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा प्रकाशित सूचनामा भनिएको छ,‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस !