६ जेष्ठ २०८१, आइतबार

टुंगियो चलचित्र ‘एक भगवत गीता’ को विवाद

प्रकाशित मिति :  10 September, 2023 3:04 pm


काठमाडौं । प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘एक भगवत गीता’ को विवाद टुंगिएको छ। आइतबार चलचित्र विकास बोर्डमा आयोजित छलफलमा दुवै पक्षबिच सहमति भएको छ ।

निमार्ण पक्ष र धार्मिक पक्षहरुबिच चलचित्रको नाम परिर्वतन गर्ने शर्तमा विवाद सुल्झिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

निर्माण पक्ष र धार्मिक समूहहरूबीच प्रस्तावित विभिन्न नाममा छलफल भएपनि चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ राख्न सहमति भएको छ ।

फरक कथावस्तुको चलचित्रमा भगवत् गीता नाम राख्दा धार्मिक भावनामा चोट पुग्ने भन्दै विवाद भएपछि नाम परिवर्तन हुने भएको हो ।

‘गीता एक प्रेमकथा’, ‘गीता भागवत’ जस्ता थुप्रै नामहरूमा छलफलपछि ‘एक भागवत र एक गीता’ नाममा दुवै पक्ष सहमत भएका हुन् ।

सो नामको तल ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ । केहीबेरमा सहमतिबारे औपचारिक घोषणा गरिने भएको छ । चलचित्र विकास बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ ।



प्रतिक्रिया दिनुहोस !