२४ बैशाख २०८१, सोमबार

आर्थिक स्थायित्व कायम गर्न नयाँ गभर्नरका १३८ बुँदे प्रतिवद्धता (पूर्णपाठ)

प्रकाशित मिति :  26 April, 2020 5:35 pm


काठमाडाैं, १४  वैशाख । 

नेपालकाे केन्द्रीय बैंक, राष्ट्र बैंक स्थापनाकाे ६४ औंं वर्ष पार गरि ६५ वर्षमा प्रवेश गरेकाे छ । स्थापना दिवसकाे अवसरमा आइतबार गभर्नर महाप्रसाद अधिकारीले १३८ बुँदे प्रतिवद्धतापत्र जारी गरेका छन् ।

प्रतिवद्धतापत्र काेभिड १९ का कारण थला परेकाे अर्थतन्त्र हालकाे अवस्था, यसले पार्ने दीर्घकालीन असर र समस्या समाधानका लागि राष्ट्र बैंकले लिने रणनीतिहरू बुँदागत रूपमा राखिएकाे छ ।

छुट्टै प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनकाे अवधिमा भुक्तानी गर्नु पर्ने कर्जानकाे भुक्तानी अवधि थप गर्न सकिने र चाैथाे चाैमासमा भुक्तानी गर्नु पर्ने व्याजमा सहुलियतकाे व्यवस्था गरिएकाे जनाइएकाे छ ।

नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते तदनुसार सन् १९५६ अप्रिल २६ मा भएको थियो ।

प्रतिवद्धताकाे पूर्णपाठ हेर्न यहाँ क्लीक गर्न सक्नुहुनेछ । 



प्रतिक्रिया दिनुहोस !