२१ बैशाख २०८१, शुक्रबार

पाँचौँ डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, असोज ३० सम्म पठाउन सकिने

प्रकाशित मिति :  17 September, 2023 6:02 pm


काठमाडौं । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ ।

नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म विश्वभर बाट कथा पठाउन सकिने भएकाे छ ।

बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गर्दै [email protected] मा इमेल गरेर कथा पठाउन आव्हान गरेकाे हाे।

बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।

निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउने व्यवस्था गरिएकाे छ। प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिने बाह्रखरीले जनाएकाे छ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिने बताइएकाे छ। कथा प्रतियोगिताको नतिजा आउँदाे पुस ६ गते शुक्रबार एक विशेष समारोहबिच सार्वजनिक गरिने जनाइएकाे छ।



प्रतिक्रिया दिनुहोस !