२७ बैशाख २०८१, बिहिबार

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

प्रकाशित मिति :  18 September, 2023 8:15 am


काठमाडौँ। डिजिटल वालेट ‘आइएमई पेले’ असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा लागु हुने गरी  ‘एकको डबल’ अफर सार्वजनिक गरेको छ।

बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म अनलाइनबाट एउटा अल्टिमा एटाेम ५२० वा एटाेम ३२० इयरवर्ड खरीद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने भएकाे हाे । अल्टिमाका अन्य ग्याजेटमा पनि आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुने जनाइएकाे छ।

अल्टिमाले आफ्नो वेबसाइट को सार्वजनिक गर्ने अवसरलाई लक्षित गर्दै ‘अल्टिमा अनलाईन मेला’ सञ्चालन गर्ने भएकाे हाे । 

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेलेका  सीइओ प्रविन रेग्मीले बताए। 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली२०७२ बमोजिमआइएमई डिजिटलदूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गरिरहेकाे छ।



प्रतिक्रिया दिनुहोस !