१५ बैशाख २०८१, शनिबार

काेशी र गण्डकीमा भारी वर्षाकाे सम्भावना, बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

प्रकाशित मिति :  20 September, 2023 8:45 am


काठमाडाैँ । कोशी,  बागमती,  गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही  स्थानहरुमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

विभागका अनुसार कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

­­­­­वर्षाका    कारण    त्यस    क्षेत्रहरूबाट    बहने    नदीको    जल    सतह    हल्का    बढ्न    सक्ने,    गेग्रान    बहाव,    बाढी,    पहिरो,    भू-क्षय    जस्ता    प्रकोप    हुन    सक्ने    भएकोले    जन    स्वास्थ्य,    कृषि,    दैनिक    जनजीवन,    सडक    तथा    हवाई    यातायातमा    हुन    सक्ने    असुविधा,    जोखिम    रहने    हुँदा    सो    बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुराेध गरिएकाे छ।



प्रतिक्रिया दिनुहोस !