१५ बैशाख २०८१, शनिबार

आइएमईकाे ‘आइएमई गरौँ, करोडपति बनौँ’ याेजना सार्वजनिक

प्रकाशित मिति :  20 September, 2023 8:59 am


काठमाडाैँ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना  सार्वजनिक गरेको छ ।  

आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जनाएकाे छ।

आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा  रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्त सम्म लागु हुनेछ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए। यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलकाे भनाइ छ।

रेमिट्यान्समा २२ औँ वर्षदेखि काम गरिरहेकाे कम्पनीले २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कमाएकाे रकम स्वदेशमा पठाउन सहजीकरण गर्दै आएकाे छ।

आइएमईले विगत ५ वर्षदेखि आफ्नो डिजिटल कारोबार बढावा दिन आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट मार्फत पनि डिजिटल रेमिटेन्स सेवा सञ्चालन गरिरहेको छ।यस अन्तर्गत सेवाग्राहीले विश्वको जुनसुकै देशबाट  आइएमई गरी पठाएको पैसा सजिलै आफ्नो मोबाइलको आइएमई  पे  एपमा प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !