२३ बैशाख २०८१, आइतबार

भारु १०० दरभन्दा ठुला नोट साथमा नराख्न राष्ट्र बैंकको आग्रह

प्रकाशित मिति :  26 September, 2023 12:11 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु)सम्बन्धी विभिन्न व्यवस्था गरेको छ।

राष्ट्र बैंकले मंगलबार आज प्रतिबन्धित दरका भारतीय नोट साथमा नराखौ, स्वदेशभित्र नेपाली मुद्रामा मात्र कारोबार गरौं भन्ने नाराका साथ वित्तीय चेतनाका लागि सूचना सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत रहेको जानकारी गराउँदै भारु सम्बन्धी व्यवस्थाहरुको जानकारी गराएको छ ।

भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजारबराबरको भारु ९१०० वा सोभन्दा कम दरका नोट मात्र ल्याउन र लैजान सकिन्छ भने योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने, भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने व्यवस्था व्यवस्था रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था रहेको छ ।

कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !