२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री आज स्वदेश फर्किदै, भ्रमण पूर्णरूपमा सफल भएकाे  परराष्ट्रमन्त्री साउदकाे भनाइ

प्रकाशित मिति :  30 September, 2023 8:50 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छिमेकी मुलुक चीनकाे भ्रमण सकेर स्वदेश फर्किदै छन्। भ्रमण दलका सदस्यहरू सबै आज छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

सताव्यापी भ्रमणका क्रममा चीनका राष्ट्रपति, प्रधानमन्त्री, कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरू लगायतसँग भेटघाट भएकाे छ।

भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल तथा विभिन्न मन्त्रालयका सचिवहरू संलग्न छन्।

भ्रमण दलमा नेपाल उद्याेग वाणिज्य संघ, चेम्बर अफ कमर्शका अध्यक्षहरूसमेत नीजि क्षेत्रका प्रतिनिधि तथा व्यवसायीहरू, सञ्चारकर्मी लगायत संलग्न छन् ।

प्रधानमन्त्रीकाे औपचारिक चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन्। चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको उनले टिप्पणी छ।



प्रतिक्रिया दिनुहोस !