२८ भदौ २०८३, आइतबार

किसान महासंघका महासचिव थापा एमाले काेशी प्रदेश कमिटीमा निर्वाचित

प्रकाशित मिति :  4 October, 2023 9:14 am


काठमाडाैँ । अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापा नेकपा एमाले काेशी प्रदेश कमिटि सदस्यमा निर्वाचित भएका छन्। 

थापा तेह्रथुम भुगाेल खुला सदस्यमा निर्वाचित भएका हुन्। कृषि अभियानमा निरन्तर संलग्न थापासहित तेह्रथुम बाट मात्र ९ जना निर्वाचित भएका छन्। 

प्रथम प्रदेश अधिवेशनले मंगलवार घनश्याम खतिवडाकाे अध्यक्षतामा काेशी प्रदेश कमिटी निर्वाचित गरेकाे हाे ।

प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ, सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र देवान राइ निर्वाचित भएका छन्।



प्रतिक्रिया दिनुहोस !