१७ बैशाख २०८१, सोमबार

लकडाउनमा कृषि उत्पादन र बजारीकरण जारी रहने (कृषि मन्त्रालयकाे नयाँ सर्कुलर सहित)

प्रकाशित मिति :  27 April, 2020 7:30 pm


काठमाडाैं, १५ वैशाख । 

लकडाउनकाे समय वैशाख २५ सम्म थपिए पनि कृषि उत्पादन, प्रशाेधन र बजारीकरणका कार्य भने निरन्तर जारी हुने भएकाे छ ।

भाेलीका दिनमा भाेकमरीकाे अवस्था आउन नदिन सरकारले कृषि कर्म जारी राख्ने र आवश्यक सहजीकरण गर्ने निर्णय लिएकाे हाे ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले काेभिड १९ सम्बन्धि नयाँ सर्कुलर जारी गर्दै कृषि सम्बिन्धि गतिविधि नियमित रूपमा जारी राख्न सबैमा आग्रह गरेकाे मन्त्रालयका प्रवक्ता तथा सहसचिव हरि बहादुर के.सी.ले बताए ।

यसअघि पनि कृषि सम्बन्धि कुनै पनि समस्या परेमा सहजीकरण गर्न केसीकाे संयाेजकत्वमा तीन सदस्यीय टास्कफाेर्स गठन गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !