५ जेष्ठ २०८१, शनिबार

वालिङ नगरपालिकाले पायो पाँच हजार डलरको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड’

प्रकाशित मिति :  11 October, 2023 1:26 pm


काठमाडौँ । फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ बाट वालिङ नगरपालिका सम्मानित भएको छ । स्याङ्जाको वालिङ नगरपालिका फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत सम्मानित बनेको हो ।

एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरुको स्थानीय सरकारहरुको समूह(युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित बनेको छ । एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरूमध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित बनेको नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए ।

उनले नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै युसिएलजीले वालिङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको बताए । नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोरमैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रुपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गरे ।

सम्मानित बनेसँगै नगरपालिकाले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । पुरस्कार वितरण १३–१५ नोभेम्बर २०२३ मा चिनको यीवु शहरमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !