२१ बैशाख २०८१, शुक्रबार

अर्थतन्त्रमा अब सानोतिनो परिवर्तनले सुधार सम्भव छैन: चन्द्र ढकाल

प्रकाशित मिति :  12 October, 2023 1:16 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र सानोतिनो परिर्वतनले सुधान हुन नसक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारको टालेटुले नीतिले अर्थतन्त्र सुधार सम्भव नहुने बताए ।

ढकालले भने ‘अर्थतन्त्रमा अब सानोतिनो परिवर्तनले सुधार सम्भव छैन्। सेयर बजार लक्षित केन्द्रिय बैंकको नीति लगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको छ। हामीले समयमा सही नीति लिन सकेनौ। अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन।’

अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा रहेकाे हुनाले बैंक वित्तिय संस्थाहरुसंग करिब ५ खर्ब रुपैया लगानी गर्न सक्ने रकम भएपनि लगानी हुन नसकेकाे उनले बताए ।

ढकालले भने ‘आपूर्ति अधिक हुँदा ब्याज घटनुपर्ने हो र उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने हो। त्यसो हुन सकेको छैन्।विदेशी विनिमय संचिति सम्भवतस् हालसम्मकै उच्च छ। भारतसंग स्थिर विनिमयदरका कारण कुनै ठूलो विनियम जोखिम पनि छैन।’

अध्यक्ष ढकालले रेमिट्यान्स हालसम्मकै उच्च अर्थात् महिनामै १ खर्ब १६ अर्ब रुपैया भित्रिए पनि यसले बजारमा न माग बढाएको न औपचाररिकरुपमा आयात उच्च बनेको हुनाले यस्ता विरोधाभाषपूर्ण तथ्यांक अहिलेको अर्थतन्त्रमा देखिएको गुनासो गरे ।

आम सर्वसाधारणले अर्थव्यवस्थाप्रति विश्वास गुमाउँदै जाँदा एकैपटक लगानी र बजारको माग घटेको अवस्थामा समाधान गर्न सकिएन भने अर्थतन्त्रको जोखि अझै गहिरिँदै जाने उनको तर्क छ ।

‘अब नयाँ पुस्ताको आर्थिक सुधारको तत्काल घोषणा गर्नु आवश्यक छ। अहिलेको अर्थव्यवस्थाको जग विसं २०४८ ताका थालिएको सुधारले अब थेग्न सक्दैन’, ढकालले भने ।



प्रतिक्रिया दिनुहोस !