१७ बैशाख २०८१, सोमबार

इजरायलबाट मध्यरातमा नेपाल आइपुगे २५४ नेपाली, बाँकी पनि छिटै ल्याइने

प्रकाशित मिति :  13 October, 2023 7:22 am


काठमाडौँ । इजरायलबाट बिहीवार मध्यरातमा २५४ जना नेपाली नेपाल आइपुगेका छन्। इजरायलको बेन गुरियन विमानस्थलबाट नेपाल वायु सेवा निगमको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

बिमानस्थलमा फर्कदै गरेका नेपाली र लिन पुगेका आफन्तहरुको घुँइचो लागेको थियो । परिवारजन भावव्हिल बनेका थिए।

हमासको आक्रमणमा परी मृत्यु १० नेपाली विद्यार्थीको शव भने ल्याइसकिएको छैन। मन्त्री साउदले जोखिमपूर्ण स्थानबाट उद्दार गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिसकिएको बताएका छन्।

मन्त्री साउद, नेपालका लागि इजरायली राजदूत लगायत विमानस्थलमा।



प्रतिक्रिया दिनुहोस !