२३ बैशाख २०८१, आइतबार

पाल्पामा स्कारपियो गाडि दुर्घटना, ६ जनाको मृत्यु

प्रकाशित मिति :  22 October, 2023 7:05 pm


काठमाडौँ । पाल्पाको रानीमहल नजिकै गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। सदरमुकाम तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा तीन महिला, एक पुरूष र दुई बालबालिका रहेको बताइएको छ । तानसेन नगरपालिकास्थित बैकुण्ठभिरबाट बराङ्ग्दी खोलामा खसेको थियो।

दुर्घटना स्थल रानीमहलदेखि करीब डेढ किलाेमिटर दुरीमा अफ्ट्याराे स्थानमा रहेको छ। गाडिमा सवारको संख्या यकिन भइनसकेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !