१८ बैशाख २०८१, मंगलबार

भूकम्पका घाइतेहरू भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट अस्पतालमा

प्रकाशित मिति :  4 November, 2023 10:43 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको अवस्थाबारे अस्पताल पुगी जानकारी लिएका छन्। जिल्ला अस्पताल जाजरकोट पुगी उनले घाइतेहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री प्रचण्ड शनिवार विहान वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित भूकम्प प्रभावित क्षेत्र अवलोकन तथा उद्धारका जाजरकोट पुगेका छन् ।

गएराति जाजरकोटमा भएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जना गरी हालसम्म १५४ जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !