१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड चढेको हेलिकप्टरबाट ७ जना घाइतेलाई सुर्खेत लगियो

प्रकाशित मिति :  4 November, 2023 11:01 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट ७ जना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार घाइतेहरूलाई प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो । रुकुम पश्चिमबाट प्रधानमन्त्री प्रचण्ड नियमित जहाजबाट काठमाडौं फर्कने छन् भने सेनाको हेलिकप्टर घाइतहरूको उद्धारमा खटिने आचार्यले जानकारी दिए ।

शनिवार बिहान प्रधानमन्त्री दाहाल सेनाको हेलिकप्टरमार्फत जाजरकोट पुगेका थिए । उनी सवार हेलिकोप्टरमार्फत जाजरकोटको नलगाढबाट ७ जना घाइतेको उद्धार गरेर सुर्खेत लगिएको हो ।

गएराति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प परी जाजरकोट र रुमुकपश्चिममा गरी १५४ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !