२३ बैशाख २०८१, आइतबार

डाेटीकाे शिखर नगरपालिकामा जीप दुर्घटना, ४ काे मृत्यु

प्रकाशित मिति :  5 November, 2023 7:42 am


काठमाडाैँ । डोटी जिल्लाकाे शिखर नगरपालिका वडा नंं. ६ मा जीप दुर्घटना भएकाे छ।

कैलालीबाट धनगढीबाट बाजुरातर्फ जाँदै गरेकाे ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटना भएकाे छ । के आईसिंह राजमार्ग अन्तरगतको अडेउलमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाजुरा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका अन्दाजी ६ वर्षीया छोरा कविन्द बुढा र अन्दाजी ८ महिनाकी प्रार्थना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ।

दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका–५ का २१ वर्षीया विमला मलाल, ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राज बहादुर मलालसमेत ५ जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि डोटी दिपायलमा रहेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !