२१ बैशाख २०८१, शुक्रबार

भूकम्पपीडितलाई युनिलिभरको सहयोग

प्रकाशित मिति :  5 November, 2023 6:55 pm


काठमाडौँ। युनिलिभर नेपालले जाजरकोट र पश्चिम रुकुममा भुकम्पबाट प्रभावितका लागि राहत प्रदान उपलब्ध गराएको छ।

युनिलिभरले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्री, ७०० थान ब्लांकेट, २५० थान पालहरु र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको जनाएको छ।

“युनिलिभर नेपालले स्थानीय निकायहरु, संघसंस्थाहरु, संगठनहरु र समुदायहरुसँग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको छ,” युनिलिभरले भनेको छ, “संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पु¥याउन र समुदायहरुको पुनः निर्माणमा सहायता प्रदान गर्न प्रतिवद्ध छ।”



प्रतिक्रिया दिनुहोस !