२२ बैशाख २०८१, शनिबार

भूकम्प पीडितका लागि भीरकोट नगरपालिकाले तीन लाख सहयोग गर्ने

प्रकाशित मिति :  8 November, 2023 2:19 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले भूकम्प पीडित परिवारका लागि तीन लाख रुपैयाँ र २० थान फाईबरको सिरक सहयोग गर्ने निर्णय गरेको छ ।

जाजरकोटको रामीडाँढा केन्द्रविन्दु भएर गएको भूकम्प पीडितहरूको पुनस्र्थापना, राहत लगायतका कार्यका लागि आर्थिक सहयोग गर्ने भएको हो ।

बुधबार नगरपालिकाको १०६ औं कार्यपालिका बैठकले विनासकारी भूकम्पबाट पर्न गएको जनधनको क्षतिप्रति हार्दिक समवेदना प्रकट गर्दै भूकम्पबाट प्रभावित नागरिकहरूलाई राहत स्वरुप प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा रु.तीन लाख नगद र २० थान फाईबरको सिरक उपलब्ध गराउने निर्णय गरेको भीरकोट नगरपाालिकाका नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिए ।

साथै लायन्स क्लब अफ भीरकोटले २० घरपरिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न , लत्ताकपडा लगायतका आधारभूत सामाग्री सहित ११ जना क्लबका स्वयंसेवकहरू रूकुम गएको पालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !