२२ बैशाख २०८१, शनिबार

स्याङ्जाको चापाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

प्रकाशित मिति :  9 November, 2023 6:33 am


काठमाडौँ। स्याङ्जाको चापाकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा चापाकोट नगरपालिका वडा नम्बर ९ बस्ने ३६ वर्षीय यम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पावलसिंह लामाले जानकारी दिए ।

चापाकोट नगरपालिका वडा नम्बर लाङ्घालीटोलस्थित भित्री सडक खण्डमा लु .५६ प. ४२०१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिदा उनी घाइते भएका थिए।

थापालाई चापाकोट अस्पतालमा सामान्य उपचार गरि थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !